जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस गरेको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो ।
समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेका सो स्थानमा बाँकेकी २७ वर्षीया खानलाई सिफारिस गरेको हो ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित मञ्जुको निधन भएपछि एक पद रिक्त थियो ।
शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिसमा परेकी हुन् ।
