आजको मौसमः चट्याङ्गसहित वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० चैत्र २२, बिहीबार ०८:३४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही केही प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरू र कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ ।