आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले देशको पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
साथै आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ ।
