संवैधानिक परिषद्को बैठक बस्दै

तु खबर संवाददाता
२०८० चैत्र १८, आईतवार ०८:४९
file photo

काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहान ९ बजे बस्ने गरी बैठक आहवान गरेका हुन् ।

रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।

प्रधानमन्त्रीको सचिवालयले परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको जनाएको छ ।

यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन । बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ ।