कांग्रेसको आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनीत

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार १६:५९
file-photo

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनीत गरिएको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको उक्त विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् ।

सदस्यमा मनोनीत हुनेहरुमा क्रमशः नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, दोलखा, चन्द्रकुमार आङ्दम्वे, सलाम सिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङ रहेका छन् ।

सभापति देउवाले गत भदौ १६ मा पाख्रिनलाई विभागीय प्रमुखको जिम्मेवारी दिएका थिए ।