बालुवाटारमा माओवादी पदाधिकारी बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाद जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।
उक्त बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल भइरहेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि उक्त पद रिक्त छ ।
