कांग्रेस गैरसरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनीत

तु खबर संवाददाता
२०८० चैत्र १३, मंगलवार १७:३१
file-photo

काठमाडौं । नेपाली कांग्रेस गैरसरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनयन गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल प्रमुख रहेको गैरसरकारी संस्था समन्वय विभागमा पार्टीका सभापति शेरबहादुर देउवाले १० जना सदस्य मनोनीत गरेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, सो विभागको सदस्यमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रल्हादवावु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बीकुमारी थापा र उत्तमराज जोशी मनोनीत भएका हुन् ।