कांग्रेसले उपनिर्वाचनका लागि चैत्र १८ मा उम्मेदवार चयन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि यही चैत्र १८ गते उम्मेदवार चयन गर्ने भएको छ ।
आगामी २०८१ बैशाख १५ गते हुने उपनिर्वाचनका लागि सभापति शेरबहादुर देउवाले चैत्र १८ मा उम्मेदवार चयन गर्ने जानकारी गराइएको इलामका सभापति डम्बर खड्काले बताए ।
प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
इलाम–२ का लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई रहेका छन् ।
कांग्रेसको विधानअनुसार संसदीय बोर्डले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।
एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि उक्त पद रिक्त छ ।
