राष्ट्रिय योजना आयोगमा चार सदस्य थप

तु खबर संवाददाता
२०८० चैत्र ८, बिहीबार १५:३९
file-photo

काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य थप गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नयाँ सत्ता समीकरण बनेसँगै यसअघिका सदस्यहरूले पदबाट राजीनामा दिएका थिए । उनीहरुले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त थियो ।