यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार ०८:५९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

यस्तै, आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानहरुमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ ।

महाशाखाका अनुसार, आज राति देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित छिटपुट वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।