युवा संघ हेटौंडाको नेतृत्व काफ्लेलाई

तु खबर संवाददाता
२०८० चैत्र ४, आईतवार ०८:५६

मकवानपुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिकाको नेतृत्व अनिल काफ्लेले पाएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल हेटौंडाको शनिबार सम्पन्न बृहत् युवा भेलाबाट काफ्लेको संयोजकत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

यस्तै, उपाध्यक्षमा गोविन्द नेगी, सचिवमा अर्जुन प्रसाद दुलाल, उपसचिवहरूमा सचिन राई र मनीषा राई तथा कोषाध्यक्षमा बिज्ञान नेपाल चयन भएका छन् ।

राष्ट्रिय युवा संघ हेटौडा उपमहानगरपालिका कमिटिका निवर्तमान अध्यक्ष एवम् मकवानपुर संयोजक राजेश नगरकोटीको सभाध्यक्षतामा भएको भेलामा राष्ट्रिय युवा संघ केन्द्रिय कमिटिका उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।