आज मौसम सामान्यतया सफा रहने

तु खबर संवाददाता
२०८० चैत्र २, शुक्रबार ०८:२६
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।

महाशाका अनुसार, आज देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

साथै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।