प्रधानमन्त्रीको विश्वासको मतः कांग्रेसद्वारा ह्वीप जारी

तु खबर संवाददाता
२०८० फाल्गुन २८, सोमबार १५:४८
file-photo

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वपी जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रचण्डको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति हुन कांग्रेसले निर्देशन समेत दिएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।