राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसद्वारा बैठक आह्वान

तु खबर संवाददाता
२०८० फाल्गुन २७, आईतवार १६:१०
file-photo

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेस बैठक आह्वान गरेका हुन् ।

बैठक सभापति देउवाको आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्य मात्र छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दलका पदाधिकारी, महामन्त्री पदेन सदस्य छन् ।