राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन २७, आईतवार ०८:३८
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज पनि बस्ने भएको छ । शनिबारदेखि जारी बैठक आज पनि ८ बजेपछि बस्न लागेको हो ।

बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।