कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने
काठमाडौं । नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समितिको सभापति पद दाबी गर्ने भएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल बनेसँगै कांग्रेसले सो समितिमा दाबी गर्ने भएको हो ।
कांग्रेसका प्रमुख सचेतक लेखकले सो समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने बताएका हुन् ।
संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिने गरिएको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन छ ।
यसअघि माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेका बेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले सो समितिको नेतृत्व पाएको थियो ।
