राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पुगेर पूजा–आराधना

तु खबर संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १७:५८
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा आराधना गरेका छन् ।

नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार, उनेले पशुपतिनाथको दर्शनसँगै पूजा–आराधना गरेका हुन् ।

शिवभक्तहरुले शिवरात्रिका दिन ब्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् ।

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।