कांग्रेस संसदीय दलको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन २४, बिहीबार ०९:३२
file-photo

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । नयाँ समिकरण बनेपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेसले अब प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नेछ ।

बिहीबार संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बैठक आह्वान गरेको हो ।