बागमतीका ६ मन्त्रीले दिए पदबाट सामूहिक राजीनामा

तु खबर संवाददाता
२०८० फाल्गुन २३, बुधबार १८:३९
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशका ६ मन्त्रीले आज पदबाट राजीनामा दिएका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेश सरकारमा मन्त्री बनेका ६ जनाले समूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले आज साँझ मुख्यमन्त्री शालिकराम जम्कट्टेलकै कार्यकक्षमा पुगेर सामूहिक राजीनामा दिएका हुन् ।

राजिनाना दिने मन्त्रीहरुमा क्रमशः बहादुर सिं लामा, तीर्थ लामा, रामकृष्ण चित्रकार, पुकार महर्जन, उत्तम जोशी र मसिना खड्का रहेका छन् ।

कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएसँगै उनीहरुले सम्हाल्दै आएका मन्त्रालयहरु अर्को व्यवस्था नभएसम्म मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्ने भएको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।