यी पाँच प्रदेशमा हल्का हिमपातको सम्भावना

तु खबर संवाददाता
२०८० फाल्गुन २३, बुधबार ०८:४१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विभिन्न पाँच प्रदेशमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, महाशाखाले हाल सुदूरपश्चिम प्रदेशको केहि भू–भागलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।