राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

तु खबर संवाददाता
२०८० फाल्गुन २१, सोमबार १८:०८
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न २६ फागुनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको हो ।

सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्न तथा घोषित आन्दोलनको आवश्यक तयारीबारे छलफल गर्न बैठक बोलाएको जानकारी दिए ।

सोमबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरण बनाएका छन् । त्यसमा राप्रपालाई सहभागी नगराउने पनि दलहरुबीच सहमति भएको छ ।