संघीय संसदको दुबै सदनबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

तु खबर संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १६:३३
file-photo

काठमाडौं । संघीय संसदको दुबै सदनबाट सम्पत्ति शुद्धीकरण अर्थात मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

उक्त विधेयक शुक्रबार बसेको राष्ट्रिय सभाबाट पारित भएसँगै संसद्को दुबै सदनबाट पारित भएको हो । राष्ट्रिय सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । सो विधेयक यसअघि २४ माघ २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो ।
गत २७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक शुक्रबार राष्ट्रिय सभाबाट समेत पारित भएको हो ।