प्रतिनिधिसभा बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको संसद् सचिवालय जनाएको छ ।
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नेछन् ।
यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र अर्थ मन्त्री डा. प्रकाश शरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियास्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
