कांग्रेसले आज राष्ट्रिय सभामा निर्वाचित सांसदलाई प्रशिक्षण दिँदै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदैछ ।
प्रशिक्षण कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुने जनाइएको छ ।
बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवम् अन्तरक्रिया गर्न लागेको हो ।
