बागमती प्रदेश प्रमुख शर्माले बोलाए संसद् अधिवेशन

तु खबर संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार १६:४४

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाएका छन् । प्रदेश प्रमुख शर्माले आज एक विज्ञप्ति जारी गर्दै यही फागुन १५ गते बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन बोलाएका हुन् ।

प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बैठक डाकेका हुन् ।

गत फागुन ८ गते बसेको मन्त्रिपरिषद् बैठकले फागुन १५ गते ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णयसहित प्रदेश प्रमुख शर्मासमक्ष सिफारिस गरेको थियो । उनले सोही अनुरुप संसद् अधिवेशन बोलाएका हुन् ।

बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गते बसेको थियो । संसद्को बजेट अधिवेशन अन्त्य गरिएको ४ महिनापछि प्रदेशसभा बस्न लागिएको हो ।