राष्ट्रपति र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आज विहान राष्ट्रपति भवन शीतल निवासमा भेटजार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको सचिवालयका अनुसार, सो भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।
अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।