माओवादीले दुई छुट्टाछुट्टै अभियान संचालन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चैत्र र वैशाख महिनामा दुई छुट्टाछुट्टै अभियान संचालन गर्ने भएको छ ।
पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई वटा अभियान संचालन गर्ने जानकारी गराएका हुन् ।
जसअनुसार आगामी चैत्र १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान संचालन गरिनेछ । जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ ।
त्यसैगरी, उनले हिमाल, पहाड र तराई राष्ट्रिय एकता अभियान पनि संचालन गर्ने बताएका छन् । उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म संचालन हुने उनको भनाई छ ।
