नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आह्वान
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आहवान गरिएको पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुने मुख्यसचिव पौडेलले बताए ।
छलफलका लागि कांग्रेसले तयारी थालिसकेको छ भने आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको सहभागिता रहनेछन् ।
