पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण बदली र कुहिरो

तु खबर संवाददाता
२०८० फाल्गुन २, बुधबार १६:०४
file-photo

काठमाडौं । आज पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण देशको विभिन्न स्थानमा बदली र कुहिरो लागेको छ । आज बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको हो ।

पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल र कुहिरो लागेको जल तथा विपद् विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार, सुदूरपश्चिमका पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ । देशको अन्य भाग कर्णालीदेखि बागमती प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ ।

यस्तै, केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भइरहेको छ । बादल आज रातिदेखि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना रहेको उनले बताए ।