राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउने

तु खबर संवाददाता
२०८० फाल्गुन २, बुधबार १५:५९
file-photo

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई मागपत्र बुझाउने भएको छ ।

राप्रपाले राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउने भएको हो ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपा आन्दोलन परिचालन समितिको बैठकले फागुन ९ गते प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउने निर्णय गरेको जानकारी दिए ।

साथै, सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम समेत तय भएको छ ।