संसदीय टोलीले चीन भ्रमणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो
काठमाडौं । संसदीय टोलीले चीन भ्रमणबाट फर्किएको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार एक कार्यक्रमबीच उक्त संसदीय टोलीले विभिन्न १५ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन हस्तान्तरणको क्रममा नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोली पुगेको थियो ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावहरूलाई समेट्ने प्रतिबद्धता जनाए ।
चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को निमन्त्रणमा नेपाली सांसदहरूको टोलीले गत पुस २ गतेदेखि १४ गतेसम्म चीन भ्रमण गरेको थियो ।
