तीन संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० माघ २८, आईतवार ०९:२९
file-photo

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आजराज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार बिहान १० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । सो बैठकमा अध्यागमनमा देखिएको समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । सो बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बस्नेछ । उक्त बैठकमा गौतम बुद्धको अस्ति धातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिसड ल्याण्ड प्रा।लि।बीच भएको समझदारी सम्बन्धमा छलफल हुने जनाइएको छ ।