आगोले जलेर ६५ वर्षीय वृद्धको मृत्यु

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–११, बुलुपार्कमा आगोले जलेर गएराति एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय कान्छा महर्जन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आफ्नै जस्ताको टहरोमा आगलागी हुँदा सोही आगोले जलेर उनको मृत्यु भएको हो ।
आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।