दुई जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० माघ २५, बिहीबार १६:२८
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल प्रहरीले छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट दुई जना मृत अवस्थामा फेला परेको जनाएको छ । प्रहरीले झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट उनीहरु मृत अवस्थामा फेला परेको जानकारी गराएको हो ।

प्रहरीका अनुसार, झापाको झापा गाउँपालिका–६ प्रणामी टोलमा कन्काई नगरपालिका–३ स्थित फर्निचरमा काम गर्ने भारत विहार घर भएका ५० वर्षीय कालीचरण शर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रको जङ्गलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।