सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित

तु खबर संवाददाता
२०८० माघ २४, बुधबार १८:०५
file-photo

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकबाट उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव प्रस्तुत गरेका थिए ।

मन्त्री गुरुङले गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । सभामुख घिमिरेले प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरेका छन् ।