नक्कली नोटसहित बाराबाट एक जना पक्राउ
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७, जितपुर बजारबाट प्रहरीले अवैध नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १ हजार दरको ६१ थान नक्कली नोटसहित सर्लाही चन्द्रनगर नगरपालिका–३ बस्ने ४४ वर्षीय राम चन्द्र महत्तोलाई मंगलबार बेलुकी पक्राउ गरेको हो ।
उनलाई ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
