पाँच जुवाडे प्रहरीको नियन्त्रणमा
कास्की । पोखरा महानगरपालिका–८ नागढुङगाबाट मंगलबार प्रहरीले पाँच जना जुवाडेलाई नियनत्राण्मा लिएको छ ।
प्रहरीले सोही महानगरपालिका–१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलसहित पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार, कडेलकै एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाईं नियन्त्रणमा लिएको हा ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित नियन्त्रणमा लिएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
