६४ किलो गाँजासहित मकवानपुरका प्रजा पक्राउ

तु खबर संवाददाता
२०८० माघ २४, बुधबार १५:१४

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजा लागूऔषध गाँजा ६४ किलोसहित मंगलबार राति पक्राउ गरेको हो ।

प्रजालाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, प्रजाको घर नजिक मलराख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला परेपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।