पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीलाई खोप
काठमाडौँ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २० हजार किशोरीलाई खोप लगाइएको छ ।
१४ वर्षदेखि १५ वर्ष उमेरका २० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, महिलामा देखिने क्यान्सरमध्ये बढी मात्रमा पाठेघरको मुखको क्यान्सर भएकाले सो खोप लगाइएको हो ।
क्यान्सर रोकथामका लागि थप खोप ल्याउन पहल भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
सानै उमेरमा विवाह, असुरक्षित शारीरिक सम्बन्ध, सरसफाइमा हेलचक्रई लगायत कारणले पाठेघरको मुखको क्यान्सर हुने उनले बताए ।
