प्रतिनिधिसभामा दुई वटा विधेयक टेबुल

तु खबर संवाददाता
२०८० माघ २२, सोमबार १७:५४
file-photo

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएका दुई वटा विधेयक सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा टेबुल भएका छन् ।

बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभामा टेबुल भएको हो ।

उक्त विधेयक संघीय संसदमा कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सभामा पेस गराएका हुन् ।

यस्तै, बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेस गरेका छन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश पनि प्रतिनिधिसभा बैठकमा पेस गरेका छन् ।