दुई संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ ।
आज संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय भसा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आह्वान गरिएको हो ।
जसअनुसार, आज दिउँसो १ बजेबाट स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, राष्ट्रिय भसा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि दिउँसो १ बजे गरी आह्वान गरिएको छ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय सम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।
