मनहरीमा उपाध्यक्ष पुरुष भलिबल प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०८० माघ २२, सोमबार ०९:५४

मकवानपुर । मनहरीमा प्रथम उपाध्यक्ष पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मनहरी गाँउपालिका खेल विकास समितिकोको आयोजना र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा उक्र प्रतियोगिता हुने भएको हो ।

आइतबार आयोजक समितिले मनहरी –७ स्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगीता माघ २३ गतेदेखि २६ गतेसम्म मनहरी–४ गोलघर खेल मैदानमा सञ्चालन हुने समितिका अध्यक्ष बीरु लामाले जानकारी दिए ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सीता पुलामी मगरले प्रतियोगीतमा प्रयोग हुने जर्सि समेत सार्वजनिक गरेका थिए ।

प्रतियोगितामा नौ वटा टिम सहभागी हुनेछ । प्रतियोगिताको विजेता र उपविजतो समूहले क्रमशः नगद ५० हजार, ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले पुरस्कार प्राप्त गर्ने समितिका अध्यक्ष लामाले बताए ।