न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ
काठमाडौं । न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान घर भएका ४६ वर्षीय चन्द्र बहादुर बुढाथोकी र ३३ वर्षीय टोप बहादुर सेजवाल रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरुले खड्गराज गिरी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागी न्युजील्याण्ड पठाउँछु भनेर ११ लाख ५० हजार ठगेको आरोप छ । आरोपीहरुले प्रतिव्यक्ति १० लाख लाग्ने र त्यहाँ मासिक दुई लाख कमाई हुने आश्वासन दिएका थिए ।
रकम लिएपछि उनीहरु सम्पर्क विहीन भएका उनीहरुलाई बानेश्वरबाट पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
