कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक हाल जारी छ । शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बसेको हो ।
बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने जनाइएको छ ।
संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
