कांग्रेस संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने गरी आह्वान गरिएको छ । बैठक दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने री आह्वान गरिएको हो ।
सो बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनका अनुसार, संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिनेछ ।
