बाँसबारी जग्गा प्रकरण: पक्राउ पर्नेको संख्या तीन पुग्यो
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या हालसम्म तीन जना पुगेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो ।
उनी बाँसबारी छाला जुत्ता कारखानाको संचालक समितिको अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले सोही प्रकरणमा चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि पक्राउ गरिसकेको छ ।
