हेटौंडाबाट गाँजासहित एक पुरुष पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट बुधबार एक पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लागूऔषध गाँजा करिब ५ किलोसहित राक्सिराङ गाउँपालिका–२ बस्ने ४४ वर्षीय जगत बहादुर थोकरलाई पक्राउ गरेको हो ।
थोकरलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । मे.१ ख ३१७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै प्रहरीले कानूनी प्रकृया अगाडि बढाइएको छ ।
