११ जना जुवाडे प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले गएराति रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।
डागीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक तास बरामद गरेको छ । प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
