नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा पक्राउ
काठमाडौं । अन्य व्यक्तिको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको खुल्न आएको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
