भन्सार छली गरेर ल्याउँदै गरेको अवैध सामान बरामद

तु खबर संवाददाता
२०८० माघ १५, सोमबार १४:५८

गोदार । भारतबाट अवैध रुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको सामान धनुषा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले आइतबार रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल बरामद गरेको हो ।

प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान बरामद गरेको हो । साथै उक्त सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको छ ।